काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएका जयरामा मीडिया प्रा.लि.का सञ्चालिकाको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित जयरामा मीडिया प्रा.लि.का सञ्चालिका रामा यादबको उपचारको क्रममा बैशाख २८ गते मृत्यु भएको थियो । जयरामा मीडिया प्रा.लि. रौतहट अन्तगर्त रेड टेलिभिजन, रेडखबर डट कम अनलाइन पत्रिका सञ्चालनमा रहेको छ भने रेडपोष्ट दैनिक पत्रिका दर्ता भईसकेको छ ।

यो कम्पनीको रेड एफ एम दर्ताको क्रममा रहेको छ । जयप्रकाश यादबले आफ्नो श्रीमती रामा यादबको १३ औं दिनको पूण्यतिथीको अबसर पारेर २६ हजार एक राशीको उक्त पुरस्कार घोषणा गर्नुभएको छ ।

उहाँले रामा यादबको देहवसान भएकै मिति पारेर उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभएको छ । जयप्रकाश यादबले बेदनाबाट आफैं छटपटी रहेको अवस्थामा उक्त पुरस्कारले स्वास्थ्य सेवालाई अझै बढी प्रभावकारी बनाउन सञ्चारकर्मीलाई प्रोत्साहन पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु