काठमाडौं । हालैका वर्षहरुमा चीनले गरेको विज्ञान प्रविधिको विकासबाट दुनियाँ हैरान छ ।

चीनले हरेक असम्भव कुरालाई सम्भव बनाउँन सक्ने सामर्थ्य राख्दछ ।

यो बीचमा चीनबाट एक अनौंठो घरको तस्विर बाहिर आएको छ ।

त्यहाँको गुईझो प्रान्तको फेनगाङमा गुफा भित्र पाँच तलाको घर निर्माण गरिएको हो ।

उक्त पाँच तले भवन हालसालै चिनियाँ सामाजिक सञ्जालमा ड्रोन फुटेज सार्वजनिक भएपछि सबैको ध्यानाकर्षण भयो ।

चीनको समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ। यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता समृद्ध चीनको विकासको मार्गरेखा हो।

चीनको विकास हेर्दा चीनबारे नेपालमा सुनिने चिनियाँ शासनप्रणालीप्रतिको बुझाइमा व्यापक भिन्नता पाइन्छ। अधिकांश नेपालीमा के बुझाइ छ भने चीनमा अझै पनि चरम गरिबी छ। चीनको गरिबी नेपालजस्तो अल्पविकसित मुलुकको समस्यासँग तुलना गर्न सकिने खालको गरिबी होइन।

यो त एक विकसित मुलुकमा रहेका छिटफुट गाउँ तथा समुदायको पछौटेपन मात्र हो। चीनका राष्ट्रपति सी चिनफिङले तीसवर्षे लामो कार्ययोजना प्रस्तुत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नयाँ विचारधारासमेत प्रवेश गराएका छन्। खासगरी सी नेतृत्वमा आएपछि आर्थिक र विदेश नीतिमा आमूल परिवर्तन भएको छ।

चीनको विकासमा योजनाबद्ध कार्यक्रमको निरन्तरता प्रमुख आधार रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक मा सुएसोङले भने, ‘तङ स्याओ फिङको रक्षात्मक विदेश नीतिलाई आक्रामक वा सक्रिय विदेश नीतिमा परिवर्तन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको भूमिका सशक्त भएको हो।’ राष्ट्रपति सीले ग्रेट पावरको परिभाषा बदल्दै र नयाँ अवधारणा अघि सार्दै आफ्ना सुधारवादी अग्रज च्याङ चमिन र हु चिन्ताओले अवलम्बन गरेको विदेश नीतिमा व्यापक फेरबदल ल्याएका छन्।

वर्तमान राष्ट्रपतिको आगमनसम्म युरोपेली मुलुक लगायतका पश्चिमा शक्तिराष्ट्रहरू आर्थिक रूपमा पहिलेभन्दा कमजोर बने। यसका कारण उनीहरूलाई सीले आफ्नो विदेशी नीतिको केन्द्रमा नराखेको देखिन्छ। माले भने, ‘सामान्यतया विश्वव्यापी प्रचलनमा रहेको परिभाषाले समाजवाद भनेको उत्पादनका साधनमा समाजको नियन्त्रण हुने राजनीतिक व्यवस्था बुझाउँछ। चीनमा माओत्सेतुङले गरेको सांस्कृतिक क्रान्तिले राज्य केन्द्रित अर्थतन्त्रलाई अँगाल्नुभएको थियो।’

विश्वव्यापीरूपमा समाजवादी आन्दोलन कमजोर भइरहेको अवस्थामा चीनले खुलाबजारलाई अवलम्बन गरेको हो। पुँजीवादका निजी स्वामित्वका विशेषता समावेश गरेर प्रतिस्पर्धी बजारलाई स्थान दिएका कारण चीनले अहिलेको अवस्थामा विश्व अर्थतन्त्रमा बलियो उपस्थिति देखाउन सफल भएको चिनियाँ अर्थविद्हरूको बुझाइ छ। अमेरिकासँग कूटनीतिक तहमा सम्बन्ध राख्दै आएको चीनले राष्ट्रपति सीको सत्तागमनसँगै दुई देशका नेतृत्वबीच प्रत्यक्ष संवादको पहल भयो।

सीले प्रतिपादन गरेको नयाँ ग्रेट पावर नीतिअन्तर्गत पारस्परिक विश्वास, शान्ति र सवैको जित भन्नेजस्ता अवधारणा पर्छन्। सीले परम्परावादी पश्चिमा शक्तिकेन्द्रको अवधारणा परिवर्तन गर्दै अब नयाँ उदीयमान शक्ति राष्ट्रको संगठन ब्रिक्स ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, चीन) लाई केन्द्रमा राख्ने प्रयास गरेका छन्। विश्व बजारमा अमेरिकी डलरको एकाधिकार तोड्न र एसियाकेन्द्रित अर्थतन्त्र विकासको बाटो सीले लिएको आर्थिक कूटनीतिको सबल पक्ष हो।

राष्ट्रपति सीले ‘वन रोड वन वेल्ट’ नीतिअन्तर्गत चीनले एसिया, युरोप र अफ्रिकालाई जल र जमिनको बाटो विश्वमा आफ्नो प्रभाव जोड्ने योजना ल्याएको बुझ्न सकिन्छ। मध्य एसिया, युरोप र अफ्रिकालाई जोड्न सडकको पूर्वाधार र जलमार्ग निर्माण गर्ने हेतुले चीनले वन बेल्ट वन रोडको काम सुरु गरिसकेको छ।

यसले चीनको समृद्धिको सुनिश्चितता गर्ने विश्वास उपमहानिर्देशक माको रहेको छ। यसबाट विश्वको आर्थिक, राजनीतिक र सामरिक शक्तिको केन्द्रलाई युरोप र अमेरिकाको एकाधिकारलाई एसिया र खासगरी चीनमा स्थापित हुनेछ। वन रोड वन वेल्टको सफलताले चीनलाई विश्व बजारमा सडक सञ्जालमार्फत जोड्नेछ। त्यसैले अबको विश्वको आर्थिक केन्द्र चीन बन्ने सम्भावनालाई कसैले नकार्न नसक्ने देखिन्छ।

च्याङसी प्रान्तका चिनिया कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य शी स्याओलिनको विचारमा चीन सरकारले चिनियाँ जनतालाई गरिबीबाट माथि उठाउन गठन गरेका सहकारी समूह, पर्यटन विकास, कृषि उत्पादन, आधुनिक प्रविधिको विकासजस्ता कुरा आर्थिक समृद्धिका लागि महत्वपूर्ण विषय हुन्।

कुइचो प्रान्तका स्थानीय चौचाचय गाउँ कमिटिका सचिव छन्सिईले भने, ‘चिनियाँ नेता माओत्सेतुङको सांस्कृतिक क्रान्तिपूर्वको चीन र तङ स्याओ फिङ हुँदै वर्तमान राष्ट्रपति सी चिन फिङको नेतृत्वमा चीनमा निकै विकास भइसकेको छ। चिनियाँ नागरिकले विकासका लागि सरकारले कोरेका योजनाका खाकालाई व्यवहारिकतामा ल्याउन चिनियाँ नमुनाको समाजवादी प्रणालीको सहायता लिएका छन्।’

सम्बन्धित खबरहरु