काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सबैका लागि महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिविले कोभिड–१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आबेदन फारम भर्ने भराउने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को पहिलो तथा दोश्रो वेबले त्रिभुवन विश्वविद्यालयलाई अपुरणीय क्षति पुर्याएको छ ।

यस महामारीबाट सुरक्षित रहन नेपाल सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा अवलम्बन गर्न–गराउनका लागि आवश्यक व्यवस्था मिलाउनु हुन सम्बन्धित निकाय, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुमा हार्दिक अनुरोध छ ।’

महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालद्धारा जारी सूचनामा अगाडि भनिएको छ, ‘यसका साथै नेपाल सरकारले विगतका दिनहरुमा कोभिड–१९ को पहिलो र दोश्रो डोज खोप लगाउन नपाएका व्यक्तिहरुका लागि अनलाइनका माध्यमबाट कोभिड–१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आबेदन फारम भर्ने भराउने कार्य प्रारम्भ गरी सकेको हुँदा कोभिड–१९ को खोप नलगाउनु भएका त्रिभुवन विश्वविद्यालयमा अध्ययन–अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब https://vaccine.mohp.gov.np/ पेजमा गई तोकिए बमोजिमको फारम भर्नु–भराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

 

सम्बन्धित खबरहरु