७ माघ, काठमाडाैं । मोडल शायकसँगको ब्रेकअपपछि रियल मड्रिड स्टार क्रिस्टियानो रानाल्डो यतिबेला एक खेल पत्रकारसँग डेटिङमा मस्त छन् ।

रोनाल्डो यतिबेला २६ वर्षकी स्पेनिस टीभी पत्रकार लुसिया भिल्लालोनसँग डेटिङ गरिरहेको बेलायती पत्रिका डेलीमेलले जनाएको छ ।
मेस्सीलाई पछि पार्दै लगातार दोस्रोपटक बर्षको उत्कृष्ट फुटबलरको उपाधि जितेका रोनाल्डोले नयाँ प्रेमिका लुसियासँग फोटो खिच्दै सेलिब्रेट गरेका छन् ।
केही दिन पहिले मात्र उनले लामो समयदेखिकी प्रेमिका इरिना शायकसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए । ‘हामीलाई लाग्यो यसो गर्नु दुबैका लागि हितकर हुने छ ।’ उनले भनेका थिए ।
प्रेमिकासँगको ब्रेकअपपछि हालै रोनाल्डोले आफना छोरालाई रिसिभ गर्न स्कूल पुगेका थिए । रोनाल्डोले अहिलेसम्म छोराकी आमाबारे केही खुलासा गरेका छैनन् ।

सूत्रहरुका अनुसार उनले कुनै बेलायती युवतीलाई १० लाख पाउण्ड तिरेर बच्चा जन्माउन लगाएका थिए । बच्चाको आमाबारे बिबाद भएपछि रोनाल्डो र उनकी प्रेमिकावीच ब्रेकअप भएको अनुमान गरिएको छ ।
हालै उनले बर्ष खेलाडीको उपाधि जित्दा त्यहाँ उनकी प्रेमिका नदेखिएपछि उनीहरुवीच ब्रेकअपको अनुमान गरिएको थियो । तर, उनलाई साथ दिन त्यहाँ नयाँ प्रेमिका एवं टीभी पत्रकार लुसिया उपस्थित थिइन जसले सामाजिक संजालमा रोनाल्डोसँग सेलिब्रेट गरेको तस्वीर पोष्ट गरेकी थिइन् ।