एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्टले विश्व नै त्रासमा रहेको अवस्थामा फेरी अर्को भेरियन्ट आएको छ ।

भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको खबरले विश्व स्तब्ध भएको छ ।

बेलायती भेरियन्ट र भारतीय भेरियन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाईरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएका छन् ।

सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाईरस सुरु भएयता हजारौं पटक यो भाईरस म्युटेट भइसकेको छ ।

सबै प्रजाति त्यती हानिकार नभएपनि भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र संक्रामक मानिएको छ । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

भ्रम र यथार्थ

के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? : हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ।

के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ? : हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन। लसुन स्वास्थ्यको लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ।

के तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ? : तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन। तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन। भुई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्नर् ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक, प्रयोग गर्नु पर्छ।यी रसायनहरू कहिले पनि मानिसको शरीरमा प्रयोग गर्न हुदैन। यस्ता रसायनहरू छालामा परेमा हानिकारक हुन्छ।

के पानी पिउनाले घाँटी दुखेको निको हुन्छ, र कोरोना भाइरसको संक्रमणबाट बचाउँछ? : स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ। तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।

यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्ग पनि यसको जोखिम हुन्छन्? : सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ। तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गनर्,े श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्नु पर्दछ।

के कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ? : एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन वा उपचार गर्न सकिदैन।यदि तपाई कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरीरमा ब्याक्टेरियाको संक्रमण पनि हुनसक्ने भएकाले तपाईंलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्दछ।

कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधि छ? : हालसम्म कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन।तर संक्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ।यसको उपचारको वारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ।

सम्बन्धित खबरहरु