काठमाडौं । कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध साउदी अरेबियाले ११ देशबाट हटाएको छ ।

यस सुचीमा संयुक्त राज्य अमेरिका र बेलायत पनि समावेश छन् ।

साउदी अरेबियाले कोरोना भाइरस संक्रमण फैलन सक्ने कुराबाट रोक्न यो प्रतिबन्ध लगाएको थियो ।

गृह मन्त्रालयका एक अधिकारीले सरकारी समाचार एजेन्सी एसपीएलाई २९ मेमा भनेका थिए कि यो निर्णय ती देशहरूमा महामारीको स्थितिलाई ध्यानमा राखेर लिइएको हा ।

यात्रा प्रतिबन्ध हटाइएको देशमा संक्रमण कम भएको छ । गृह मन्त्रालयका अनुसार यी देशहरूमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । यसअघि साउदीले जम्मा २० देशहरूमा यात्रा प्रतिबन्ध लगाएको थियो ।

तर अब यो प्रतिबन्ध ११ देशहरूबाट हटाइएको छ । यी ११ देशहरूमा युएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटाली, पोर्चुगल, बेलायत, स्विडेन, स्विजरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।

यद्यपि यी देशहरूबाट आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइन गरिने अधिकारीहरुले बताएका छन् । यो निर्णय आज (३० मे) देखि लागू भएको छ । यस महिनाको सुरूमा साउदीले अन्तर्राष्ट्रिय यात्रा शुरू गरेको थियो । साउदी राष्ट्रिय एयरलाइन्सका विमानहरुले कुल ४३ अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि पुनः उडान थालेका छन् ।

सम्बन्धित खबरहरु