काठमाडौं । सनातन हिन्दू धर्मले जीवनको हरेक चरणमा केही शुभ र अशुभ संकेतहरू दिएको छ ।

मानिसहरूले प्रायः आइतवारलाई आफ्नो कपाल र दाह्री काट्ने दिनका रुपमा लिने गर्छन । साताको पहिलो दिन भएका कारण पनि कपाल र दाह्री काट्नको लागि उत्तम मानिन्छ ।

तर कपाल र दाह्री हप्तामा फरक फरक दिनमा काट्दा मिल्ने लाभ पनि अलग नै हुन्छ । हिन्दू धर्मशास्त्र अनुसार महाभारतको अनुशासन पर्वमा भनिएको छ कि आइतबार भगवान सूर्यदेवलाई समर्पित छ ।

भनिन्छ आजको दिन कपाल काट्नाले सम्पत्ति र बुद्धिको नोक्सान हुन्छ । त्यसैले सातामा कुन दिन यी कामहरुका लागि उत्तम हुन्छ हामी तपाईंलाई जानकारी गराउन गइरहेका छौं ।

ज्योतिष शास्त्रका अनुसार आइतबार भगवान सूर्यदेवलाई समर्पित छ । त्यसकारण, यस दिन कपाल र दाह्री काट्न मनाही छ ।

आइतबारका दिन कपाल र दाह्री काट्ने गर्नाले सम्पत्ति र बुद्धिको नोक्सान हुन्छ । किनभने, आइतबार सफलता संग सम्बन्धित छ ।

तसर्थ, यस दिनमा कुनै पनि शुभ कामहरू गर्दा त्यहाँ कामहरूमा असफलता प्राप्त हुन्छ । साथै, प्रयास गरे पनि कार्यहरू सफल हुँदैनन् । यस्तो अवस्थामा व्यक्तिको आत्मविश्वास कमजोर हुन थाल्छ ।

सोमबार कपाल काट्दा सँधै व्यक्तिलाई तनाव हुन्छ । यसका अशुभ परिणामहरू स्वास्थ्यमा पनि पर्छन् । यस्तो अवस्थामा, कपाल र दाह्रीलाई यस दिन काट्नुहुँदैन । यसको मतलब यो हो कि यदि तपाईंले यस दिन कपाल र दाह्री काट्नु भयो भने तपाईंले मानसिक र शारीरिक दुबै अवरोधहरू पनि सामना गर्नुपर्नेछ ।

मंगलबारको दिन कपाल काट्दा उमेर कम हुन्छ । यसलाई असामयिक मृत्युको कारण पनि मानिन्छ । बुधवार दाह्री र कपाल काट्नको लागि शुभ छ । यसले परिवारमा सम्पन्नता र समृद्धि बढाउँदछ । यदि तपाईं देवी लक्ष्मीको कृपा सधैं रहोस् भन्ने चाहनुहुन्छ भने, यस दिन कपाल र दाह्री काट्नुपर्छ ।

बिहीबार भगवान विष्णुलाई समर्पित छ । यस दिन, कपाल काट्ने वा नङ काट्ने गर्नाले घरबाट शान्ति गायब हुन्छ । एकै साथ व्यक्तिप्रति आदर पनि घट्छ । तसर्थ, यस दिनमा कुनै पनि त्यस्तो काम नगर्नुहोस् ।

शुक्रबारलाई भौतिक शुःख सुविधाको दिन मानिन्छ । यस दिन कपाल वा नङ काट्ने गर्नाले आर्थिक तनावबाट छुटकारा पाउन सकिन्छ । त्यसकारण, यस दिन कपाल र नङ काट्नु शुभ मानिन्छ । त्यसले लाभ र ख्याति निम्त्याउँछ ।

शनिबार कपाल काट्ने काम ज्यादै अशुभ हुन्छ । त्यस दिन कपाल र दाह्री काट्नु मृत्युको कारण हुन्छ भन्ने विश्वास गरिन्छ ।

सम्बन्धित खबरहरु