काठमाडौ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ४,३६९ जनामा झरेको छ ।

कोरोना भाइरस संक्रमण उच्च भइरहेको नेपालमा अब ४ हजारमा झर्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।

पछिल्लो समय निको हुनेको संख्या उच्च हुने थालेको हो । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ३० लाख ४२ हजार ३६९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८९७ जना रहेको छ भने ७६३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोना सक्रिय संक्रमितमध्ये १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा र ७५६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५४५ जना आईसीयूमा र ४०७ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमण घट्दै

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८०४ जना, ललितपुर जिल्लामा १७६ जना र भक्तपुर जिल्लामा ११३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा ११७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । अस्ति काठमाडौं उपत्यकामा २३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

सम्बन्धित खबरहरु