काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा जातियता, वर्गीयता र क्षेत्रीयताको संकीर्ण दुर्भावना फैलिएको भन्दै सरकारप्रति चार प्रश्न गरेका छन् ।

एक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्था बुझेर आफ्नै पद्धतिमा फर्किनु पर्नेमा जोड दिएका छन् ।

पूर्वराजाले भनेका छन्, बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति सँस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ ।

यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्बनको परिपाटी फेरि कायम हुन्छ ।

केही दशक अघिसम्म आफ्नै गौरव गाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको उनको भनाइ छ ।

उनले आरोपप्रत्यारोप वा निषेध र प्रतिशोधको भावना नराख्न पनि सबैमा आह्वान गरेका छन् ।

उनले भनेका छन्,‘नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्बतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आमहेक्काको बिषय भैसक्यो ।

त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जानसक्नु पर्छ ।

उनले अहिले मुलुकमा विभिन्न प्रश्न उब्जिएको भन्दै चिन्ता र चासो व्यक्त गरेका छन् । ‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति र स्वाभिमानमाथि बारम्बार किन प्रश्न, सन्देह र बिबाद विग्रह उत्पन्न हुन्छ पूर्वराजा शाहले प्रश्न गरेका छन्, ‘जनताको सुरक्षा, स्वास्थ्य, जिविकाका बिषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धी सम्झौता जस्ता जल्दाबल्दा दुःखद बिषयमा पनि किन सधैँभरि विवाद आइरहन्छ राजाले भ्रष्टाचार, लापरबाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहन्छ भनेर पनि प्रश्न गरेका छन् ।

उनको थप प्रश्न छ, ‘यस्ता यावत बिषयलाई लिएर हाम्रा होनाहार युवाहरु तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ राजाले मुलुकमा जातीयता, बर्गीयता र क्षेत्रीयताका संकिर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्र्टिय अस्मितालाई राम्रो नगर्नेसमेत उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले विदेशबाट कोभिड–१९ को महामारीले पारेको समस्याका कारण स्वदेश फर्केकाहरुको श्रम, सिप र सामथ्र्यको सदुपयोग गर्नुपर्ने र देशभित्रै इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनु पर्नेमा पनि जोड दिएका छन् ।

पछिल्लो केही समयदेखि विकसित देशको राजनीतिक घटनाक्रमले जनतामा राजनीति र शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन थालेको छ । सत्ताका लागि भइरहेको नेताहरुको यो लुछाचुडी र हानथापने जनता आजित भइरहेका छन् । सामाजिक सञ्जालहरुमा देखिएको मत अभिब्यक्तिले पनि त्यसलाई प्रतिविम्बित गरिरहेको छ ।

अस्ति कुम्भ मेलाबाट राजा फर्किदा विमानस्थलमा देखिएको भिडले पनि राजाप्रति फेरि सद्भाव बढ्न थालेको हो कि भन्ने कुरालाई थप पुष्टि गर्छ । अझ पुस ५ गतेदेखि यताको नेपालको राजनीतिले झन जनतालाई हैरान बनाएको छ । कोरोना महामारीबीच जनता चपेटामा परेका बेला नेताहरुको कुर्सीको लडाईले जनता झन् ठूलो मर्कामा परेका छन् ।

एकातिर कोरोना संक्रमणका महामारी छ, अर्कोतिर बजारको महगी त्यतिमात्र होइन कोरोना भाइसको संक्रमणबाट ज्यान कसरी जोगाउने भन्दा भोकभोकै मरिने हो कि भन्ने चिन्ताले जनतालाई सताइरहेको छ । यति मात्र होइन कोरोना संक्रमण भएर जता छटपटिएर अस्पतालको पिँढीमा मरिरहेका छन् ।

तर नेताहरुको चिन्ता र ध्यान भने कुर्सी मै छ । उनीहरुलाई खाली सत्ताको पीर छ । बरु कोरोना महामारीमा स्वास्थ्य सामाग्री मै करोडौँ करोड भ्रष्टचार गरिरहेका तथ्यहरु आइरहेका छन् ।

सम्बन्धित खबरहरु