Messi
८ माघ, काठमाडौं । स्पेनिस कोपा डेल रे कप फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले 
एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार राति भएको पहिलो लेगमा बार्सिलोनाले लिओनल 
मेस्सीको गोलमा १–० को जित निकालेको हो ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि मेस्सीले ८५ औं मिनेटमा विजयी गोल गरेका थिए । मेस्सीको पेनाल्टी एथ्लेटिकोका गोलरक्षकले रोकेका थिए । तर, फर्किएको बलमा 
उनले गोल गरे । सर्जिओ बुस्केटलाई फल गरेपछि पेनाल्टी दिइएको थियो ।
खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि दबाव कायम गरेको भएपनि गोलको अबसर भने निकै कम 
श्रृजना गरेको थियो ।

सम्बन्धित खबरहरु