रुपन्देही । चुनावमा ओली समूह 'क्लीन स्वीप' रणनीति झनै बलियो बन्दै आएको छ ।

लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले हराएर 'क्लीन स्वीप' रणनीति झनै बलियो भएको सन्देश दिए ।

त्यहाँपनि विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डेले बाजी मारेका छन् ।

राष्ट्रिय सभा बागमतीमा गृहमन्त्री रामबहादुर थापा लाई हराए जसरी नै नेकपा एमालेकै माधवकुमार नेपाल समूहको असहयोगमा विपक्षी गठबन्धनका उम्मेदवार विजयी भए आफू जित्ने हारे ।

पाण्डेले चार हजार १४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ३६१२ मत प्राप्त गरे । कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । एमालेकै माधव समूहले समेत साथ दिएपछि उनी विजयी भए ।

सानोमा धेरैको सपना हुन्छ- ‘डाक्टर, इन्जिनियर र पाइलट बन्ने ।’ निकै थोरैको सपना हुन्छ आफ्नो मनले चाहेको आँट्ने, पूरा गर्ने । प्राप्तिका लागि संघर्ष गर्ने । तर धेरैको नियति हुन्छ, जिन्दगी र समयले जता डोहोर्‍यायो । त्यतै जाने र बाँच्ने । पैसा कमाउने । थोरै भएपनि सुख र आनन्दको जीवन जिउने ।

खिमलाल देवकोटा, यी तीन वटै सपनाको मध्यमार्गी बाटोबाट चिनिएका एक संघीयता-विज्ञ हुन् । जसले शुक्रबारदेखि औपचारिक रुपमै राष्ट्रियसभा सदस्यको शपथ लिए । देशको जब्बर गृहमन्त्रीलाई हराएर दलहरुको साझा उम्मेद्वार बन्दै सांसद निर्वाचित भए । उनको यो रोचक राष्ट्रियसभा यात्रा मा माधवकुमार नेपाल समूहले सघाएको थियो । आफ्नै पार्टीलाई घात गर्ने वरिष्ठ नेताको बुई चढेर खिमलाल सांसद बने । तर एमालेलाई चोट नै चोट दिए ।

सम्बन्धित खबरहरु