काठमाडौ । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।

योसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।

आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ ।

सुन किन घटबढ

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपतिको अर्थनीति, कश्मीर तनाव र स्थानीय माग कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ। व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

गएको एक महिनामा तोलामा साढे तीन हजार रुपैयाँले बढेर नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ पुगेको छ। चीन र अमेरिकाबीचको व्यापार लडाईले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ।

सम्बन्धित खबरहरु