दुबई । युएई ( दुबई ) ले आफ्नो देशमा अब यातायात नि:शुल्क गर्ने निर्णय लिएको छ ।

युएई ( दुबई ) सरकारको मीडिया कार्यालयले एक वक्तव्य जारी गर्दै सन् २०५० सम्ममा दुबई देशभरी सार्वजनिक यातायात पूर्ण रुपमा निशुल्क गर्ने योजना सरकारको रहेको बताएको छ ।

युएई ( दुबई ) ले सन् २०१५ मा नै विश्वभरी नै आफ्नो देशको ऊर्जा पुर्याउन स्वच्छ ऊर्जा रणनीतिको घोषणा गरेको थियो ।

कस्तो देश हो युएई ( दुबई )

दुवई आफैंमा एउटा पूर्ण देश होइन, यो संयुक्त अरब ईमिरेट्सको एउटा प्रान्त अर्थात प्रदेश हो । संयुक्त अरब इमिरेट्स पश्चिमी एसियाको अरबी प्रायद्विपको दक्षिणपूर्वमा अवस्थित राष्ट्र हो । अबूधाबी युएईको राजधानी हो । दुबई युएईको ठुलो सहर हो।

हाम्रो नेपालको कर्णाली, गण्डकी या त अन्य नामाकरण नभईसकेका प्रदेशहरुजस्तै । तर, पर्याप्त जानकारी अभावमा तथा सजिलोको भाषामा हामी र हाम्रा नेपालीहरु युएईको जुनसुकै कुनामा भएता पनि आफू दुवईमै छु भन्ने गरेको पाईन्छ, झनै नेपालमा रहेका आफन्तले त सजिलो र सहज दुवई मुखैमा झुण्डिएको हुन्छ ।

नामाकरण नभईसकेका भर्खरै जन्मिएका प्रदेशजस्तै युएईमा पनि ७ वटा जवान प्रदेशहरु छन् । अनि यूरोपजस्तै शैलीमा विकास भइरहेको भनेर सुनेको भरमा दुवई आउने तीव्र ईच्छा हुनेहरु र युएईको बारेमा पूर्ण जानकार नहुँदा म्यानपावर कम्पनीहरुले बिभिन्न झूठा प्रलोभन देखाएर फ्रि भिषा फ्रि टिकटको नाममा मोटो रकम लिने र अन्य फस्टाएका दलालहरुले दुवईमा पुगेको एक हप्तामा काममा लगाउँछु भन्दै धेरै नेपालीलाई यहाँ ल्याएर बिचल्ली पार्ने गरेका घटना बढ्दै गएका छन् ।

सम्बन्धित खबरहरु