काठमाडौ । तपाईको एक सेयरले यी बालिकाले आफ्नो घर पाउनेछिन् ।

बाबु आमा दाजुभाई छरछिमेकी पाउँनेछिन् ।

एक सेयरले यी नानीलाई चिन्ने आफन्त वा उनकै बाबा आमासम्म पुग्नसक्नेछ ।

नेपाल कहाँ हो बताउन नसक्ने तर नेपाल घर भएको बताउने उनलाई घरको ठिक ठेगाना थाहा छैन ।

नेपाल घर बताउछिन् । उमेर अन्दाजी ८ बर्षको देखिन्छ । नाम स्मृति भुषाल भन्न सक्छिन् ।

उनी भारतको देहरादुनमा फेला परेकी छिन् । जानकारी अनुसार बालिका हिमाञ्चलबाट देहरादुन आउँने बसमा आएकी छिन् ।

नेपाल घर हो भन्न सक्छिन् तर नेपाल कुन ठाउँ हो भन्ने उनलाई जानकारी छैन । उनी बाबा दिपक र आमाको नाम सुनिता बताउछिन् । उनले बताए अनुसार उनका दाजु शिशिर र बहिनी सृष्टि छन् ।

कसैले चिन्नुभयो भने बाल विभाग देहरादुन पुलिसमा फोन गर्नुहोला । नानी अहिले त्यहाँको प्रहरीको संरक्षणमा छिन् । सम्पर्क नम्बर ००९१ ९८१२३१९८३९, ००९१ ९७६१९१८८६४ रहेको छ । यो सूचना जतिसक्दो सेयर गरिदिनुहोस् । ताकी नानीले चाँडै आफन्त पाउन् ।

हामीलाई यो तस्बिर त्यहाँको प्रहरीमा कार्यरत कृपल सिंहले पठाएका छन् ।

अहिले भारतको प्रहरीमा रहेकाले जतिसक्दो उनलाई घर पठाउनु छ । बालमनोविज्ञानले उनलाई असहज हुनसक्छ । हाम्रो सहयोगको खाँचो छ । मात्र एक सेयरले नानीले पुर्नजीवनसँगै परिवार पाउनेछिन् । घर परिवारले आफ्नो आँखाको नानी छोरी, बहिनी र दिदि पाउँनेछन् । सेवा नै धर्म हो । यति सानो सेवा गरेर धर्म कमाउनुहोस् है ।

सम्बन्धित खबरहरु