काठमाडौं । चाणक्य कुटनीतिक क्षेत्रमा एक चर्चित नाम हो । लगभग ई.सा. पूर्व ३७० मा भारतमा जन्मेका उनले धेरै विषयहरुमा गहिरो अध्ययन गरेका छन् ।

तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए ।

उनले नन्द वंश सकाएर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

उनको नीतिलाई अहिले चाणक्य नीति भनेर ब्याख्या गर्ने गरिएको छ । उनले मानिसहरुको जीवन बदल्ने धेरै कुराहरु पनि बताएका छन् । त्यसैको सानो अंश आज हामी यहाँ चर्चा गर्न गइरहेका छौँ ।

सामान्यतया, साहसका साथ कठिनाइहरूको सामना गर्ने व्यक्तिलाई साहसी भनिन्छ । तर त्यहाँ केहि परिस्थितिहरू छन् जहाँ मुर्खता देखाउनु भन्दा बाहिर निस्किनु आवश्यक हुन्छ ।

हरेक परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने हुँदैन् । यदि तपाईंले यी परिस्थितिहरूको सामना गर्ने प्रयास गर्नुभयो भने तपाईंको जीवन पनि जोखिममा पर्न सक्छ । भनिन्छ, कहिलेकाँही एक व्यक्तिको सम्मान खतरामा पर्छ ।

आचार्य चाणक्यले ४ त्यस्ता परिस्थितिहरूको उल्लेख गरेका छन्, जहाँ तपाईं अडिग हुनुभन्दा त्यहाँबाट बाहिर निस्किनु बुद्धिमानी हुन्छ । आउँनुहोस् ति कुराहरुबारे जानकारी लिउँ ।

१, चाणक्य भन्छन्, यदी भिड अचानक उग्र बन्यो भने त्यसबाट उम्कनु सबैभन्दा बुद्धिमानी हुन्छ । किनभने भीड अनियन्त्रित हुँदा उनीहरुले केहि पनि देख्दैनन् । त्यस्तो अवस्थामा, त्यहाँबाट बाहिर निस्किनु सबैभन्दा उपयुक्त काम हुन्छ ।

२, चाणक्य नीति शास्त्रका अनुसार विपक्षी अचानक आइलागेमा त्यहाँबाट निस्कनु राम्रो हुन्छ । तपाई बिना योजनाको साथ विपक्षीसँग लडाँई सक्नुहुन्न । यदि तपाईंले विपक्षीसँग पूर्वतयारीबिना लड्न कोशिस गर्नुभयो भने तपाईंले लडाँई हार्ने मात्रै होईन जीवन पनि खतरामा पर्न सक्छ ।

३, चाणक्य भन्छन्, जहाँ अनिकाल हुन्छ । उनी मान्छेहरु खानाको लागि विलाप गर्छन भने त्यहाँबाट निस्कन सल्लाह दिन्छन् । सकेसम्म उक्त स्थान छोड्नु राम्रो हुन्छ । खाली पेटमा त्यस्तो ठाउँमा लामो समयसम्म बस्न सम्भव हुँदैन ।

४, चाणक्य भन्छन् कि यदि कुनै अपराधी तपाईको वरिपरि उभिरहेको छ भने त्यो ठाउँ छोड्नु पर्छ । किनकि यसले तपाईको मान सम्मानलाई ठेस पुग्न सक्छ । त्यसैले यस्ता कुराहरुमा मुर्खता गर्नुहुँदैन् । समय समयमा आउँने प्राकृतिक विपत्तिमा पनि तपाईंले सावधानी अपनाउनुपर्छ । प्राकृतिक विपत्तिसँग लड्न पूर्वतयारी हुँदा पनि यो सँग लड्न सम्भव हुँदैन् । त्यसैले त्यस्तो बेलामा परिवारसहित ठाउँ छोड्नु राम्रो हुन्छ ।

 

सम्बन्धित खबरहरु