काठमाडौं । सत्तारुढ नेकपा एमाले नेतृत्वको सरकार बचाउनमा महत्वपूर्ण भुमिका निभाएका जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुरसहित चार नेतालाई ठुलो कारबाही गरिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको हो ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।

जसपाले पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको छ । ठाकुर पक्ष ओली सरकारमा केही मन्त्रीसहित जाने तयारीमा रहेको बेला यसरी पार्टीले कारबाही गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो पनि, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीबीच संवैधानिक इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति भएको छ ।

प्रधानन्यायाधीश राणासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलाससम्बन्धी विवादको समाधान खोज्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

“संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, नियममै आवश्यकताका आधारमा परिवर्तन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने विषयमा सहमति भएको छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “कुनै कन्फ्ल्क्टिस अफ इन्ट्रेष्ट भएमा वा स्वास्थ्यका कारणबाट बस्न नसक्ने भएमा त्यसभन्दा तहको न्यायाधीश राख्ने सहमति भएको छ ।”

बारका अध्यक्ष शाक्यसहित पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश राणाले भविष्यमा पनि संवैधानिक इजलास गठन गर्दा विवादरहित ढंगले गर्न छलफल गर्नुभएको थियो ।

न्याय परिषद्बाट एक हप्ताभित्र संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ संशोधन गरी सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित खबरहरु