काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीबाट निष्कासित भएका छन् ।

उनलाई अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले निष्कासन गरेको हो । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको थियो ।

त्यसको जवाफमा ठाकुर पक्षको पनि यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो । ठाकुर पक्ष ओली सरकारलाई निरन्तरता दिएर नयाँ सरकारमा जान नहुने पक्षमा रहेको छ । तर यादव पक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने खेलमा लागेको छ ।

आन मात्रै अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको थियो ।

साथै पार्टी सदस्यबाट निष्कानसन गरिएको जानकारी निर्वाचन आयोगमा पनि दिइएको छ । यसअघि अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

तर, तीन दिनसम्म पनि स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई पार्टी सदस्यबाटै निष्कासन गरिएको हो ।

सम्बन्धित खबरहरु