संसदवादी दलहरुले सत्ता कब्जा गर्न खोजेको विप्लवको आरोप, संविधानसभा छाडेर आउन एमाओवादीलाई आग्रह

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ८ माघ, २०७१

images

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीले संसदवादी दलहरु सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।

माओवादी महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै संसदवादी दलहरु सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्नेतिर गएर देशलाई द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएका हुन् ।

नयाँ संविधान माओवादी र संसदवादी दलहरु बीचमा भएका राजनैतिक सहमतिमा लेखिनुपर्ने भन्दै उनले यो संविधानसभा भङ्ग गर्न माग गरेको छ । ‘जनताको संविधान लेख्नका लागि नयाँ सहमति सहितको अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठन गरिनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विप्लवले एमाओवादी र अन्य राजनैतिक दलहरु जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुन भने तत्काल संविधानसभा त्यागेर जनतामा फर्किन र नयाँ राजनैतिक सभा गठनको पक्षमा उभिन आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७