काठमाडौ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगहरुमा अनुगमन गरेको छ।

डेरीको दुध वितरकहरु कोरोना संक्रमित भएकाहरुले वितरण गर्दै हिड्दा महामारी फैलिएको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको जनाइएको छ।

अनुगमनमा शिवम् डेरी प्रा.लि.मा दुधमा ल्याक्टो बढाउन मिसाउने दुधको पाउडरमा मुसाको लिडहरु भएको, बरफ बनाउने भाडोहरु र पानी ट्याङ्कीको पानीभित्र पनि प्रशस्त मात्रमा मुसाको लिड भेटिएकोले सरसफाईमा ध्यान दिन र म्याद नाघेको कलर फूड १५ बट्टा, चोको पाउडर १ पाकेट, मुसाको लिड भएको दूधको पाउडर १ बोरा जफत गरी नष्ट गरिएको छ।

साथै कामदार र वितरकहरुलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिहरुलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र विक्रीवितरण गर्न र नगरपालिकामा दर्ता प्रमाण पत्र, विल विजक नदेखाएकोले उक्त कागजात लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।

त्यस्तै भक्तपुर डेरी प्रा.लि.मा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ भने म्याद नाघेको दूधको पाकेट थुप्रै मात्रमा भेटिएकोमा एसिडिटि परीक्षण गरी दुध बनाउनालाई पठाउने भनी कर्मचारी बसन्तले बताए। त्यस्तै संजिवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन लगाउने, दहीको बट्टामा लेबल नभएकोले राख्न निर्देशन दिएको छ।

त्यस्तै जगदम्बा डेरी एण्ड वेभरेज प्रा।लि।मा कामदार र वितरकको पिसिआर परीक्षण गराउने, अनुगमनको समयमा एकाउन्टेन्ट नभएकोले नगरपालिकाको प्रमाणपत्र र विल वजक नदेखाएकोले उक्त कागजात लिई नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ।

अनुगमनमा भनपा श्यानिटेशका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका अर्जून खाईतू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक प्रेमराज महरा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च मनोज थापा, धरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजाको सहभागी थिए।

स्थानीयले कोरोना संक्रमित नै दुध बाँड्न गइरहेको देखेका थिए । वल्लो पल्लो घरका मानिसले कोरोना संक्रमण भएको व्यक्ति नै बाईकमा दुध राखेर बाँड्न हिँडिरहेका छन् भन्ने खबर आएपछि प्रशासनलाई उजुरी गरिएको थियो । उजुरीको आधारमा अनुगमन गरियो ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु