काठमाडौं । विज्ञान र प्रविधि क्षेत्रमा चीनले चमत्कार गरेको विकासलाई कसैले इन्कार गर्न सक्दैन ।

चीनले निर्माण गरेको कृत्रिम सूर्य छिट्टै अन्तरिक्षमा पुग्ने भएको छ । यसरी चीन नयाँ सफलता हासिल गर्न लागेको छ ।

चीनले चाँडै कृत्रिम सूर्यलाई पठाउन लागेको हो । वर्तमानमा, यो प्रयोग भइरहेको छ ।

जसमा एक रिएक्टरले १०० सेकेन्डमा लगभग १ अर्ब २० करोड डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको छ ।

यो परिक्षण भएदेखि चिनियाँ वैज्ञानिकहरूको हौसला थप बढेको छ । यो आणविक फ्यूजन उर्जा बनाउनको लागि महत्त्वपूर्ण कदम हो भनिएको छ । तपाईंलाई जानेर अच्चम लाग्न सक्छ किनभने कृत्रिम सूर्य निर्माणमा अमेरिका, रसिया, दक्षिण कोरिया र युरोप पनि लागि परेका छन् ।

चिनियाँ सरकारी अखबार सिन्हुआका अनुसार प्रयोगात्मक उन्नत सुपरकन्डक्टिङ्ग टोकमाकको प्लाज्मा फिजिक्स ल्याबका प्रमुख गोङ्ग जिआन्जुले यसबारे जानकारी दिएका हुन् ।

उनले कृक्रिम सूर्यको तापक्रम १०१ सेकेन्डका लागि रहेको जानकारी दिए । यसको प्रयोग अनहुई प्रान्तको राजधानी हेफ्यूमा भइरहेको छ । यस परियोजनाका निर्देशकले चीन छिट्टै आणविक फ्यूजन ऊर्जा स्टेशन तयार गर्न सफल हुने दावा गरेका छन् ।

उनका अनुसार १ अर्ब २० करोड डिग्रीसँगै २० सेकेन्डमा १ अर्ब ६० करोड डिग्री तापमान रेकर्ड गरिएको छ । निर्देशकले भने, ‘यदि यो उर्जा एक स्रोतको रूपमा प्रयोग गर्न लामो समयसम्म कायम राख्नुपर्छ । अर्को पटक वैज्ञानिकहरूले फ्यूजन प्रतिक्रिया प्रयोग गर्नेछन् ।

ताकि चार गुणा बढी उर्जा उत्पादन गर्न सकिओस् ।’ हामी तपाईंलाई बताउन चाहान्छौं कि म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी र कमनवेल्थ फ्यूजन सिस्टम कम्पनीले यसलाई लामो समयदेखि प्रयोग गर्दै आएका छन् ।

वैज्ञानिकहरूका अनुसार यसले कृत्रिम प्रकाश प्रदान गर्ने मात्रै नभई वातावरणको लागि पनि सुरक्षित राख्न सहयोग गर्छ । यसले निक्कै ठूलो भूगोलमा प्रकाश दिनेछ । दिन रात काममा सक्रिय हुन पाइनेछ । चीनसँगै छिमेकी मुलुकले समेत यसको लाभ लिनसक्ने बताइएको छ । खासगरी नेपालले यसको लाभ लिनसक्छ एक विज्ञले भने ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

 

सम्बन्धित खबरहरु