काठमाडौ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या

  • संयुक्त राज्य अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४
  • भारत दुई करोड ८३ लाख ७ हजार ८३२
  • ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८०
  • फ्रान्स ५७ लाख ३८ हजार ६४१
  • टर्की ५२ लाख ५६ हजार ५१६
  • रुस ५० लाख ३१ हजार ५८३
  • बेलायत ४५ लाख ६ हजार ३३३
  • इटाली ४२ लाख २० हजार ३०४
  • अर्जेन्टिना ३८ लाख १७ हजार १३९

चीन सरकारको सहयोग पाकिस्तान पुग्यो
चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।

चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु¥याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिनु भएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताउनु भएको छ । चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताउनु भएको छ ।

कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उहाँ बताउन भएको छ । हाल जारी महामारी नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिनु भएको छ ।

यस वर्षको शुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु¥याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो । चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेबे्रअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थियो ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु