काठमाडौ । अमेरिकी अन्तरिक्ष निकाय नासा अब मानव जीवन खोज्न शुक्रग्रहतर्फ लागेको छ ।

यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने नासाले जनाएको छ ।

सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ ।

तपाइलाई जानकारी गराऊँ शुक्र ग्रह पृथ्वीको सबैभन्दा नजिक रहेको ग्रह हो ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ । ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् ।

मङ्गल ग्रहमा नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ ।

नासाले मंगल ग्रहमा समेत अधिपत्य जमाई सकेको छ । त्यहाँ जीवको अस्तित्वका बारेमा धेरै अनुशन्धानहरु नजिक छन् । मानव बस्ति बसाल्न सक्ने उसको निश्कर्ष छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु