काठमाडौं । बेलायतको चर्चित अखबार डेली मेलले नेपालको बद्नाम गर्न खोजेको खुलेको छ । तर विश्व स्वास्थ्य संगठनले डेली मेललाई असफल पार्दियो । डब्लुएचओ नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको स्पष्ट पारेको छ ।

बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशन गरेपछि नेपालमा तिव्र आक्रोश देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस(सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेको छ ।

मेलले विश्व स्वास्थ्य संगठनको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको हो । उक्त समाचार प्रकाशन भएपछि नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप साँच्चिकै पुष्टि भएको हो त भनेर प्रश्न सुरु गरिएको थियो ।

तर नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो । डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो ।

https://twitter.com/WHONepal/status/1400353636429942785

सम्बन्धित खबरहरु