काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई पराजित गर्न सफल पूर्वराजा ज्ञानेन्द्र शाहदेव र रानी कोमल राज्यलक्ष्मीदेवी शाहले एक भिडियो सन्देश जारी गर्नुभएको छ ।

उहाँहरुले स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । बिहीबार नाति हृद्येन्द्र शाहदेवको इन्ट्राग्राममार्फतक एक भिडियो जारी गर्दै त्यस्तो बताउनु भएको हो ।

उहाँले देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गर्नुभएको छ । आफुहरु दुवै जना पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा रहेको भन्दै उहाँले भन्नुभयो, ‘तर, देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ ।

यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’ पूर्व राजा शाहले महामारी जारी रहेकोले यसलाई नियन्त्रणका लागि आन्तरिक संकल्प र बाह्य सहयोगको आवश्यक परेकोतर्फ पनि जोड दिनुभयो ।

https://youtu.be/cEuLGV6Hw3s

सम्बन्धित खबरहरु