काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

यो पनि, उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् ।

घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् ।

उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।”

बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उहाँले बताउनुभयो ।

आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ ।

सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।

सम्बन्धित खबरहरु