काठमाडौ । मलेशियामा नेपाली कामदार बोकेको सवारी दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि एक नेपालीले ज्यान गुमाएका छन् भने अन्य केहि घाईते भएका छन् ।

घाईते मध्ये तिन नेपालीको अवस्था गम्भीर रहेको मलेशियन संचारमाध्यमले खबर लेखेका छन् ।

मलेशियाको जोहोरबारु भन्ने ठाउँमा घटना घटेको हो ।

नेपाली सुरक्षागार्डहरुलाई लिएर गईरहेको गाडीले अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य पाँच जना नेपाली सामान्य घाईते भएका छन् । सबै घाईतेहरुको सुल्तानाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ ।

आज विहान मलेसियन समय ७ः३० मा थाम्पसन अस्पताल नजिकै बन्डार जादै गरेको जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दुर्धटनामा परेको स्थानीय प्रहरीले जनाएको छ । मृत्यू भएको व्यक्तीको पहिचान खुलाईएको छैन भने सवै नेपाली सेक्यूरिटी कम्पनिमा काम गर्ने कामदारहरु भएको जनाईएको छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु