काठमाडौं । चाइनिज ताइपेइविरुद्ध शानदार जित हासिल गर्दै नेपालले ठुलो सफलता पाएको छ ।

नेपाल फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा सहज जित दर्ता गरेको हो । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २–० को जित दर्ता गर्न सफल भएको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो ।

सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु