काठमाडौं । भारतमा विगत केही दिनदेखि पेट्रोलियम पर्दाथको मुल्य निरन्तर बढिरहेको छ ।

आजको ताजा जानकारी अनुसार भारतमा मुख्य शहरहरुमा पनि पेट्रोलको मुख्य भारतीय रुपैयाँ अनुसार १०० (नेपाली रुपैयाँ अनुसार १६०) भन्दा धेरै रहेको छ ।

भारतको नयाँ दिल्लीमा आज पेट्रोलको मुल्य ९४.७६ रुपैयाँ रहेको छ । अर्कोतर्फ दिल्लीमा नै डिजेलको मुल्य ८५.६६ पुगेको छ ।

भारतको सबैभन्दा व्यस्त मानिने मुम्बईको कुरा गर्ने हो भने पेट्रोल १००.९८ रुपैयाँ पुग्दा डिजेल ९२.९९ रुपैयाँमा कारोबार हुँदैछ ।

दक्षिण भारतको चर्चित शहर पेट्रोल र डिजेल क्रमश ९६.९२ रुपैयाँ, ९०.३८ रुपैयाँ रहेको छ ।

कोलकत्तामा पेट्रोलको मुल्य ९४.७४ रुपैयाँ पग्दा डिजेल ८८.५१ कायम रहेको छ । भारतमा सार्क देशहरुमा सर्बाधिक महंगो पेट्रोलको कारोबार भइरहेको छ । भारतको भन्दा नेपालमा इन्धन सस्तो छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु