काठमाडौं । भारतले आफ्नो दोस्रो स्वदेशी कोरोना खोप तयार पारेको छ ।

भारतीयहरुले अगस्त देखि कोरोनाको दोस्रो स्वदेशी खोप लिन सुरु गर्नेछन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो खोपको ३० करोड डोज खरीद गर्ने निर्णय गरेको छ ।

खोप हैदराबादस्थित कम्पनी बायोलोजिक–ईले तयार गरिरहेको छ ।

यसका लागि कम्पनीलाई भारु १,५०० करोडको अग्रिम भुक्तानी गरिएको छ ।

कम्पनीले खोपका ३० करोड डोज अगस्ट र डिसेम्बर बीच आपूर्ति गर्ने छ ।

यस तरिकाले अगस्टदेखि छ करोड थप खोपहरू हरेक महिना जनतालाई उपलब्ध हुनेछ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बायोलोजिक–ईले कोभिड खोप हाल तेस्रो चरणको क्लिनिकल परीक्षण गरिरहेको छ ।

पहिले र दोस्रो क्लिनिकल परीक्षणहरूमा राम्रो नतीजा फेला परेको मन्त्रालयले जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खोप बायोलोजिक–ई द्वारा विकसित गरिएको छ, जुन एक आरबीडी प्रोटीन उप–इकाई खोप हो ।

यो अपेक्षित छ कि यसको परीक्षण जून–जुलाईमा सम्पन्न हुनेछ र नियामक स्वीकृति पनि प्राप्त हुनेछ र अगस्टदेखि यो खोपको प्रयोग सुरु हुनेछ ।’

मेसर्स बायोलोजिक–ई को खोप प्रस्तावपछि भारतको नेशनल एक्सपर्ट ग्रुप अन भ्याक्सीन एडमिनेस्ट्रेशन फर कोभिड–१९ द्वारा अनुमोदनको लागि सिफारिस गरिएको थियो ।

भारत सरकारले मेसर्स बायोलोजिक–ईसँग खोप खरीद सम्झौतापछि भारतीय खोप निर्माताहरूलाई प्रोत्साहित गर्नु एक मुख्य उदेश्य रहेको भनेको छ । सरकारले भारतीय कम्पनीहरूलाई खोप विकास गर्न पनि प्रोत्साहन गरिरहेको छ ।

भारत सरकारले यस खोप निर्माणका लागि प्रि–क्लिनिकल चरणदेखि अध्ययनको तेस्रो चरणसम्म सहयोग गरिरहेको छ ।

जैव प्रौद्योगिकी विभागले भारु १०० करोड रूपैयाँ अनुदानको रूपमा आर्थिक सहयोग गर्नुका साथै बायोलोजिक–ईसँग प्राविधिक कुराहरु पनि प्रदान गर्यो ।

खोप सम्बन्धी जनावरहरूमा प्रयोग र अध्ययनहरू ट्रान्सलेशनल स्वास्थ्य विज्ञान र प्रौद्योगिकी संस्थान फ्रिदाबादमा गरिएको थियो । यस अघि भारतमा सीरम इन्स्टिट्यूटले कोभिडशिल्ड खोप उत्पादन गरिरहेको छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु