काठमाडौ । नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ ।

नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ ।

यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताउनुभयो ।

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ ।

अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मिति: २०७८-०२-२१ बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था (Present Weather Status): हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २१ गते (शुक्रबार) दिउँसो: प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २२ गते (शनिबार) दिउँसो: प्रदेश १ र लुम्विनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २३ गते (आइतबार) दिउँसो: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु