काठमाडौं । कोरोना कालमा विश्वभर अनेक अनेक घटनाहरु देख्न पाइयो । यो बीचमा हालै भारतबाट आएको खबरले सबैलाई चकित पारेको छ ।

महामारी रोक्न ‘दो गज दुरी मास्क है जरूरी’ अर्थात दुई गजको दुरी, मास्क जरुरी भन्ने नारा दिइएको छ । तर भारत, पञ्जाबको सङ्गरूर जिल्लामा ठूलो गल्ती भयो ।

त्यहाँको सक्रोन्डी गाउँमा रहेको गुरुद्वारा साहिबको ग्रन्थीमा जे भयो त्यसले सबैको होस उडाएको छ । कोरोना फैलिएपछि गाउँमा हलचल मच्चिएको छ ।

अघिल्लो दिन, ग्रन्थीले गाउँका सयौं मानिसहरूलाई आफ्नै हातले प्रसाद वितरण गरेका थिए । राज्यका शिक्षामन्त्री विजय इन्दर सिङ्गला समेत कोरोना संक्रमित व्यक्तिको हातबाट प्रसाद खानेमा परेका छन् ।

यस गाउँका ३० व्यक्तिको नमूना लिइएको थियो, सबैको रिपोर्ट नकारात्मक छ । अब अन्य व्यक्तिको नमूना पनि लिइदैछ ।

यो सम्पूर्ण कुरा १ जुनका दिन घटेको हो । किसान आन्दोलनमा आफ्नो ज्यान गुमाएका कर्मजीत सिंह र अन्य मृतकको सम्झनामा अन्तिम अर्दास (विदाई भोज) गरिएको थियो । त्यसपछि गाउँमा प्रसाद वितरण गरियो ।

यो प्रसाद गुरुद्वाराको ग्रन्थिले वितरण गरेका थिए । जब ति ग्रन्थी नै कोरोना संक्रमित भएको पत्ता लाग्यो, त्यसबेला देखि हलचल सुरु भएको हो ।

प्रसाद ग्रहण गर्नेहरुमा राज्य शिक्षामन्त्री सिंगला र संगरूरका पूर्व विधायक प्रकाशचन्द्र गर्ग पनि रहेका छन् ।

त्यस पछि शिक्षा मन्त्रीले गाउँमा कोरोनाको फैलावट रोक्न मानिसहरूलाई अनुसन्धान गर्न निर्देशन दिए ।

त्यहि समयमा स्वास्थ्य विभागका अधिकारीहरू भन्छन् कि ग्रन्थीलाई उनी पहिले नै कोरोना संक्रमित भएको कुरा जानकारी थियो । तर पनि उनले आफ्नै हातले प्रसाद वितरण गर्न भ्याए ।

अधिकारीहरुका अनुसार कोरोनाका लक्षणहरू देखा परेपछि ग्रन्थी र उनकी श्रीमतीले ३१ मेमा परीक्षण गराएका थिए । यसको बाबजुद पनि उनले १ जून बिहान गाउँका मानिसहरूलाई प्रसाद वितरण गर्ने कार्य गरेका छन् ।

१ जूनको साँझसम्म उनको रिपोर्ट आइसकेको थियो । उनीसँगै उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ । उनीहरु अहिले घरभित्र नै आइसोलेशनमा बसेका छन् ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु