काठमाडौं । अचानक मोबाइलको घण्टी बज्यो, उताबाट आवाज आयो, तपाईं राजेश यादवकोबाट बोल्दै हुनुहुन्छ ? उत्तर ‘हो’ मा दिइयो ।

त्यसपछि, फोन गर्ने व्यक्तिले जे भने त्यो अचम्मलाग्दो छ । कल गर्नेले भन्छन्, ‘हामी समाज कल्याण विभागबाट बोल्दैछौं, राजेश यादवजीको कोरोनाबाट मृत्यु भएको थियो ।

उहाँले सरकारी प्याकेज प्राप्त गर्न सक्नुहुन्छ । कृपया हामीलाई उहाँको रेकर्डहरू पठाउनुहोस् ।’ फोन गर्नेलाई के थाहा थिएन भने उनीसँग कुरा गरिरहेको व्यक्ति नै राजेश यादव थिए ।

जसलाई अधिकारीहरुले मृत भन्ने ठाने ऊ जीवित छन् । थप रोचक कुरा के भने मृतकको सूची स्वास्थ्य विभागले बाल कल्याण विभागलाई दिएको थियो र राजेश स्वंयम यस विभागका कर्मचारी हुन् ।

यसै विभागले समाज कल्याण विभागलाई राजेश मृत भएको भन्दै रिपोर्ट पठायो । वास्तवमा, बीकानेरको महाजन सीएचसीमा काम गर्ने राजेश यादव कोरोना संक्रमित भएका थिए ।

तर उनका कोरोना संक्रमित बिरामीमा हुनुपर्ने कुनै लक्षण थिएन् । घरमा हुँदा उनी कोरोनामुक्त भएका हुन् । मेडिकल विभागको रेकर्ड अनुसार उनलाई २९ अक्टोबरमा पीबीएम अस्पतालमा भर्ना गरिएको थियो ।

२ नोभेम्बरमा उनको मृत्यु भयो । राजेश आफैले भने कि उनी कोरोना संक्रमित भए तर पीबीएम अस्पतालमा भर्ना भएनन् । यस्तो पनि होइन कि यो राजेश यादव अरु कोही हो ।

किनभने ठेगाना र मोबाइल नम्बर पनि ठ्याक्कै मिल्न गएको छ । यस सम्बन्धमा पीबीएम अस्पतालका सुपरिटेन्डेन्ट डा. परमेन्द्र सिरोहीले पनि पीबीएम अस्पतालको रेकर्डमा राजेश यादवको नाम नभएको स्पष्ट पारेका छन् ।

जबकि राजेश यादवको नाम मेडिकल विभागको रिपोर्टमा भने देखिएको छ । त्यहाँ उनलाई मृत घोषित गरियो । राजेशको नाम कसरी मेडिकल डिपार्टमेन्टको सूचीमा पुग्यो, त्यो अनुसन्धानको विषय हो ।

सीएमएचओ डा. ओ.पी. चहारले भने कि मृतकको सूचीमा यो नाम कसरी आयो भनेर अनुसन्धान भइरहेको छ । विशेष कुरा यो हो कि उनी आफैं त्यो विभागका कर्मचारी हुन् । यसका बाबजुत पनि आखिर गल्ती कसरी भयो ?

सबै हैरान छन् । राजेश यादव आफै ६ महिनादेखि निरन्तर ड्युटीमा छन् । यदी उनको मृत्यु भएको कुरा साँचो हुन्थ्यो भने त चिकित्सा विभागलाई यसबारे जानकारी मिल्नुपर्ने हो ।

विभागले रेकर्डहरू पठाउनु भन्दा पहिले यसको रेकर्ड पनि जाँच गर्न आवश्यक मानेन् । अर्कोतिर विभागले यस विषयमा अनुसन्धान गरिरहेको भनेको छ ।

सीएमएचओ डा. ओ.पी. चहारले दैनिक भास्करलाई भने, ‘अनुसन्धान भइरहेको छ । सामान्यतया यो रिपोर्ट पीबीएम अस्पतालबाट आउँछ । यदि नाम त्यहाँबाट आएको होईन भने हामीसँग कसरी सम्बन्धित छ ।

यो अनुसन्धानको विषय हो ।’ यो घटनाले भारतको स्वास्थ्य प्रणालीलाई राम्रोसँग पर्दाफास गर्दिएको छ । भारतको राजस्थानजस्तो राज्यमा स्वास्थ्यको के हाल छ भन्ने कुरा प्रष्ट हुन्छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु