काठमाडौं । नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो मन्त्री हुँनासाथ विवादमा पर्नुभएको छ ।

मन्त्रीको शपथ लिएपछि उहाँले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि चर्को विरोध भइरहेको छ ।

पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले पनि उक्त अभिव्यक्तिलाई लिएर विरोध जनाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उहाँले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहसले संकेत राम्रो नगरेको उल्लेख गर्नुभएको छ ।

नेता भट्टराईका अनुसार मन्त्री महतोले देशलाई फेरि द्वन्द्वतिर फर्काउने खालको अभिव्यक्ति दिनु भएको छ ।

उहाँले प्रधानमन्त्री एवं आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्री महतोमाथि बेलैमा लगाम लगाउनुपर्नेमा समेत जोड दिनु भएको छ । यस्तो छ उहाँको फेसबुक स्टाटस :

पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।

संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।

https://www.facebook.com/yogesh.bhattarai.754/posts/10222572762941217

सम्बन्धित खबरहरु