काठमाडौं । पूर्व विद्यार्थी नेतृ एवं नेकपा (एमाले) बाट निश्काषित सांसद रामकुमारी झाँक्रीले आफु कुनै पनि हालतमा केपी ओलीका पक्षमा नजाने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूलाई पार्टीबाट निकाल्दा कुनै असर नपरेको पनि उहाँले स्पष्ट पार्नुभयो । एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अध्यक्ष ओलीमाथि गद्दारी र घात गरेको गम्भीर आरोप पनि लगाउनु भएको छ । नेतृ झाँक्रीले आफूहरु ओलीको प्रवृत्तिविरुद्ध अन्तिम दम रहुञ्जेलसम्म लड्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले सकेसम्म एमालेभित्रै रहेर संघर्ष गर्ने पनि बताउनुभयो । अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको जनाउनुभयो ।

संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उहाँको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु