काठमाडौ । मलेसियामा भएको भयानक सडक दुर्घटनामा नेपालीको दुखद निधन भएको छ ।

‘सेक्युरिटी भ्यान’ दुर्घटना हुँदा मृत्यु भएका नेपाली श्रमिकको पहिचान खुलेको छ।

मलेसियास्थित नेपाली दूतावासका पब्लिक रिलेशन अफिसर (पिआरओ) टेकबहादुर बुढाले दिएको जानकारी अनुसार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा ज्यान गुमाउने नेपाली तनहुँका झपटबहादुर थापा हुन्।

३७ वर्षीय झपट ‘के फोर्स सेक्युरिटी’ कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए।

उनी मलेसियाली चालक ५३ वर्षीय मुसरिन तामाइससँगै अघिल्लो सिटमा बसेका थिए।

नेपाली राजदूत उदयरा पाण्डेका अनुसार नाइट ड्युटी गरेर बिहान फर्किने क्रममा बिहान उनी चढेको भ्यान दुर्घटनाग्रस्त भएको थियो।

यो घटनामा मलेसियाली चालक तामाइससँगै झपटको पनि निधन भएको हो।

९ जना नेपाली कामदार चढेको भ्यान बिजुलीको खम्बामा ठोकिन पुगेको थियो।

मृतक मलेसियाली चालकको लाश गाडीभित्रबाट बरामद भएको थियो भने झपटको गाडीबाट बाहिर निस्किएको थियो।

घटनामा घाइते भएका ८ नेपाली कामदारलाई उपचारका लागि तुरुन्त सुल्तानाह अमिनाह अस्पताल पुर्याइएको थियो।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु