काठमाडौं । चर्चित अभिनेत्री एवं मथुराबाट भारतीय जनता पार्टी (भाजपा) सांसद हेमा मालिनीले हालै दिएको बयानले सबैलाई चकित पारेको छ ।

उनले हवन गर्दा कोरोना जस्ता महामारीबाट मुक्ति पाउँन सकिने दावा गरेकी हुन् । बिहान र साँझ हवन गर्दा घरमा कुनै पनि खालको समस्या नआउने उनको भनाई रहेको छ ।

विश्व वातावरण दिवसको अवसरमा शनिबार बिभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गरियो । त्यस अवसरमा मथुराकी सांसद हेमा मालिनीले विश्व वातावरण दिवसको अवसरमा उनको मुम्बई निवासमा हवन गरिन् ।

हवन पूजा गर्दै सांसद हेमा मालिनीले भनिन्, ‘मैले विगत १ वर्षदेखि हवन गर्दैछु, जब कोरोना महामारी शुरू भयो । म बिहान र साँझ हवन गर्छु । यसमा घीघ नीमका पातहरू छन्, जसले सम्पूर्ण वातावरण राम्रो राख्दछ ।’

उनले यसरी हवन गर्दा सम्पूर्ण वातावरण शुद्ध हुने पनि स्पष्ट पारिन् । यसो गर्नाले सबै खालका रोगहरूबाट बच्न सकिने पनि उनले बताइन् । उनले भनिन्, ‘तपाईले हवन पनि गर्नुहोस् ।’

उनको यस्ता दावालाई लिएर भारतमा नभई विश्वभर चर्चा पाइरहेको छ । यसअघि पनि भाजपाका धेरै नेताहरुले गौमुत्र पिाउने, गोबर लगाउनेसहित अन्य उपायहरु कोरोना भगाउनका लागि सुझाउँदै आएका छन् ।

सम्बन्धित खबरहरु