काठमाडौ । रोकिएका सबै परीक्षा सञ्चालन गर्ने एक विश्वविद्यालयले निर्णय लिएको छ ।

सुदूरपश्मि विश्वविद्यालयले विगतमा रोकिएका स्नातक तह तेस्रो, चौथो र छैठौं सेमेष्टरका परीक्षाहरु श्रावण ५ गते देखि वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को वैठकले स्नातक तथा स्नातकोत्तर तहको पठन पाठन र स्थगित परक्षिाका वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी स्नातक तह दोस्रो,चौथो र छैठौं सत्रका विद्यार्थीहरुलाई तेस्रो ,पाँचौं र सातौं सेमेष्टरका कक्षाहरुमा राखि जेठ ५ गते देखि सञ्चालन भइसकेका कृषि विज्ञान संकायका कार्यक्रम बाहेकको पठनपाठन जेठ २५ गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्नातकोत्तर तहको हकमा दास्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टरमा राखि २५ गतेदेखि कक्षा सञ्चालन गर्ने तथा दोस्रो र चौथो सेमेष्टरका परक्षिा श्रावण २४ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ ।

यदि कोभिड–१९ को प्रकोप न्युन भई भौतिक रुपमै कक्षा सञ्चालन हुनसक्ने अवस्था भएमा र नेपाल सरकारले भौतिक रुपमै कक्षा सञ्चालनको निर्णय गरेमा हाल वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेका कक्षा र परीक्षाहरु भौतिक रुपमै सञ्चालन गर्ने जनाएको छ ।

 

सम्बन्धित खबरहरु