काठमाडौं । हालै भिडियो सार्वजनिक भएपछि राउटे युवतीहरुको सुरक्षा ख’त्तरा देखिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन भनेको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको हो ।

सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको सु’रक्षा जोखिम देखिएको बताएको छ ।

स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर नै’तिकता वि’हीन का’र्य ग’र्न वाध्य बनाएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको सुरक्षामाथि चुनौती खडा भएको आयोगको भनाई रहेको छ ।

तपाईंलाई जानकारी गराउ कि यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना न’जरब’न्द जस्तै गरी ब’न्दी ब’नाएको अनुगमनबाट खुलेको छ ।

आज ती युवतीलाई दु’र्व्यव’हार ग’रेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई नियन्त्रणमा लिएको छ ।

थप भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु