काठमाडौं । एक बहादुर मुसा, जसले हजारौंको जीवन बचायो उ अब सेवानिवृत्त भएको छ ।

तपाईले सोचिरहनु भएको होला कि कसरी एउटा मुसाले हजारौं मान्छेलाई बचाउन सक्छ ?

आज हामी त्यस्तो मुसाका बारेमा जानकारी गराउन गइरहेका छौं । कम्बोडियामा विगत पाँच बर्षमा मागावा नामको उक्त मुसाले करिब ९९ बा'रूदी सु'रुङ्ग फेला पारे, जसले हजारौंको ज्यान बचायो ।

अफ्रीकी प्रजातिको यो बहादुर मागावा मुसाको बारेमा सामाजिक सञ्जालमा पनि धेरै चर्चाको विषय बनेको छ । त्यस मुसाको सुघ्ने शक्ति यति राम्रो छ कि बा'रूदी सु'रुङ्ग पहिचानमा प्रयोग गरिएको महँगो मेशिनहरू पनि पछि पर्थे ।

त्यस विशेषताको कारण यो टोलीमा सामेल गरिएको थियो र अहिले सम्म यसले झण्डै एक सय सु'रुङ्ग पत्ता लगाएको हो ।

यो मुसा सात बर्ष पुरानो हो र यस मुसालाई कम्बोडियामा सु'रुङ्गहरु पत्ता लगाउन विशेष प्रशिक्षण दिइएको थियो ।

उसले सफलतापूर्वक आफ्नो काम पूरा गरेर सु'रुङ्गहरु सहित थुप्रै जी'वित बि'स्फोट हु'नसक्ने प'र्दाथ फे'ला पा'रिएको थियो । मगावालाई एपीओपीओ भनिने संगठनद्वारा प्रशिक्षक गरिएको थियो ।

प्रतिवेदनका अनुसार यस संस्थाले बा'रूदी सु'रुङ्ग र अस्पष्टीकृत धमाका हुनसक्ने पर्दाथ पत्ता लगाउनको लागि मुसालाई प्रशिक्षण दिने काम गर्दछ । जानकारी अनुसार मगावाको स्वास्थ्य एकदम ठिक छ । तर नियम अनुसार सेवानिवृत्त भयो ।

बेलायतको एक परोपकारी संस्थानद्धारा पीडीएसएको सो मुसा सम्मानित पनि भइसकेको छ । उक्त संगठनले जनावरहरुका लागि काम गर्नेलाई सो सम्मान प्रदान गर्दै आएको छ ।

यो संस्थाले पहिलो पटक मुसालाई सम्मान गर्‍यो । मगावाका प्रशिक्षकका अनुसार यस मुसाले राम्रो प्रदर्शन गर्‍यो, यसलाई दिइएको हरेक कार्य सफलतापूर्वक पूरा गर्‍यो । त्यो मुसासँग काम गर्न पाउँदा धेरैले गर्व महसुस पनि गरिरहेको जनाएका छन् ।

 

सम्बन्धित खबरहरु