काठमाडौं । रगत नेपाली भए पनि मनिषा कोइराला बलिउडका कारण भारतमा धेरै चर्चित हुनुहुन्छ । उहाँको जन्म १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा भएको थियो । उहाँले हिन्दी चलचित्रमा धेरै काम गर्नुभएको छ ।

अहिले नेपालमा बस्दै आउँनु भएकी उहाँले सामाजिक सञ्जालमा समय समयमा आफ्ना तस्विर साझा गर्दै आउँनु भएको छ । यो बीचमा उहाँको जीवनशैलीलाई लिएर पनि धेरै कुराहरु आउँने गर्छन ।

यस्तै केही तस्विर उहाँले हालै सार्वजनिक गर्नुभएको छ । उहाँको आकर्षक घरले सबैको मन जितेको छ । सामाजिक कार्यहरुमा पनि अभिनेत्री कोइरालाको नाम अग्र स्थानमा नै आउँछ ।

उहाँ यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित हुनुहुन्छ । उहाँको बुवाको प्रकाश कोइराला हो भने आमा सुष्मा कोइराला हो ।

उहाँ विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुनुुन्छ । उहाँले बसन्त कन्या महाविद्यालय भी.के.एम.मा १० कक्षासम्म पढेर वाराणसी जानुभयो ।

उहाँको चाहना डाक्टर बन्नु थियो तर मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थाल्नुभयो । सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गर्नुभयो । त्यसपछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा पर्नुभएको थियो ।

मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना पनि हुनुहुन्छ । उहाँको नेपाली चलचित्रमा पनि भरपुर योगदान रहेको छ ।

उनले नेपाली चलचित्र ‘फेरी भेटौँला’ (१९८९)मा अभिनय गर्नुभएको थियो । उहाँको पहिलो हिन्दी चलचित्र सौदागर हो । उहाँले अभिनय चलचित्रहरुमा प्रमुख भुमिकामा रहेर काम गनुभएको छ ।

क्यान्सरसँगको लडाँई जितेर अहिले आरामको जीवन बिताउँदै आउँनु भएको छ । सन् २०१० मा सम्राट दाहालसँग विहे गर्नुभएकी कोइरालाले २ वर्षपछि सम्बन्ध विच्छेद गर्नुपर्यो ।

त्यसपछि उहाँले अर्को विहे गर्नुभएको छैन । उमेरले ५० वर्ष पार गरे पनि आफुलाई फिट राख्न उहाँ व्यायम, योगा निरन्तर गर्दै आउँनु भएको छ ।

सम्बन्धित खबरहरु