काठमाडौं । साधुमाथि हा’तपा’त ग’र्ने दुई जनालााई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र मानिएको पशुपति क्षेत्रमा एक साधुमाथि हा’तपा’त ग’र्ने दुईजनालाई नियन्त्रणमा लिइएको हो ।

पशुपति क्षेत्रमा सोमबार साधुमाथि हा’तपा’त ग’रिएको थियो ।

उनीहरु दुबैजनालाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा महान नेपाल र विजय घिमिरे रहेका छन् ।

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हा’तपा’त भ’एको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी हर्कतमा आएको हो ।

त्यो भिडियो भाइरल भएसँगै पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई घटनामा संलग्नलाई कारबाही गर्न पत्र लेखेको थियो ।

कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रबाटै दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

ति साधुलाई भारतीय भन्दै उनीहरुले दु’व्यर्वहा’र ग’रिएको थियो । सो घटनापछि पशुपति क्षेत्रमा खाना लगायतका राहत वितरण कार्यहरु नगराउन भनेको छ ।

युट्युबर र अभियन्ताका नाममा अ’शान्ति म’च्चिएपछि त्यस्तो निर्णय गरिएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु