काठमाडौं । सामाजिक सञ्जालमा एक तस्विर निकै भाइरल भइरहेको छ । तस्विरमा पिपिई लगाएका एक व्यक्ति बिरामी बोकेर हिडेका छन् । जानकारी अनुसार उहाँको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई हुनुहुन्छ ।

गाउँमा रहेका कोरोना संक्रमितलाई पिठ्युँमा बोकेर आइसोलेसन सेन्टरसम्म पुर्‍याउने काम गर्दै आउँनु भएको छ । पिपिई लगाएर आफैं अघि सर्नुभएका उहाँको सामाजिक सञ्जालमा खुबै तारिफ भइरहेको छ ।

गाउँका मान्छेहरू पनि अप्ठेरो पर्‍यो भने उहाँलाई फोन गर्छन् । आपतकालिन अवस्थामा एम्बुलेन्स उपलब्ध नहुँदा आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिनु भएको छ । उहाँले गाडीमा संक्रमित बिरामीलाई आफैं बोकेर ल्याउने गर्नुभएको छ ।

एक सच्चा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका व्यक्तिको उदाहरण उहाँमा देख्न सकिने भन्दै प्रतिकृयाहरु पनि आइरहेका छन् । देशभरिका जनप्रतिनिधिले उहाँबाट केही सिकुन् भन्दै उहाँको तस्विर सेयर भइरहेको छ ।

प्रतिकृया जनाउँदै एकजनाले लेखेका छन्, ‘बीग स्यालुट उहाँलाई, यदि कुनै जनप्रतिनिधीले गलत गरेको समचार आएको भए ४ लाईन गाली दिने धेरै हुन्थे राम्रो काम गर्नेलाई समर्थन र तारिफ गरे के बिग्रन्छ र ?’ अरु पनि धेरै प्रतिकृयाहरु आएका छन् । अर्को एकजना भन्नुहुन्छ, ‘धेरैको मन जित्न सक्नु भयो यसपाली, सधैं यस्तै तपाईको अरू राम्रो काम को खबर सुन्न पाइयोस् ।

राई सर’ त्यस्तै केही व्यक्तिहरुले, ‘चुनाव आउन लागो नी त अस्स्तिको साल यस्तो देखिएको थिएन त’ भनेर लेखेका छन् । यसको जवाफमा सुस्मिता राई भन्छिन्, ‘अस्तिको समयमा गाउँ गाउमा यतिको फैलिएको पनि त थिएन्’ भनेर जवाफ दिएकी छिन् ।

https://www.facebook.com/OfficialNAJNepal/posts/5717706561636158

सम्बन्धित खबरहरु