काठमाडौ । यस्ता सन्तान किन जन्मिन्छन् । जसले सारा सन्तानलाई नराम्रो बनाउँछन् । भगवान रुपी बाबा आमाको चित्त दुखाउँछन् ।

एउटा त्यस्तै घटना भएको छ । १०० बर्षिय बृद्ध हजुरआमा जसका श्रीमानको मृत्युमा समेत आफ्ना सन्तान मात्र हैन समाजका कोही सदस्य नजिक आएनन् ।

लाश उठाउन कोही आएन् । त्यो खेपेर आफ्नो घर जादा गु खान आइस् भन्छन् । आफन्त भन्ने अब कोहि पनि छैनन् । उहाँका आफ्ना नभएपनि जेठाजुका सन्तान थिए । तर कोही आएनन् ।

उहाँ बृद्ध हजुरआमाको बुढेसकालमा एकदमै धेरै बिचल्ली भएको छ । उमेरले गलाएको यो समयमा समेत आमा सबै काम गर्न बाध्य हुनुहुन्छ ।

खरले छाएको झुपडि अनि झुपडि भित्र सय बर्षिय बृद्ध आमा नितान्त एक्लै बस्नुहुन्छ ।

उमेरको हिसाबले पनि एउटा युग नै परिवर्तन गरिसक्नुभएकी आमालाई यस्तो अवस्थामा सहाराको एकदमै आवश्यक पर्छ तर कोहि नहुदाको पीडा आमालाई भन्दा बढि कस्लाई नै थाहा होला र।

आमाको आफन्त भन्ने कोहि पनि छैन् । आमा भन्नुहुन्छ कि बिरामी हुदाँ समेत पानी खान दिने समेत कोहि छैन् ।

आफ्ना भन्ने सन्तान छैनन् । नातेदारका सन्तानलेपनि हेरेनन् । धेरै रातहरु अभावमा बेतित गर्दै भोकभोकै पनि सुतेको कुरा सुनाउँदै आमा भक्कानिदै बताउनुहुन्छ ।

भोकको पीडा एकातिर आफ्नो श्रीमानको मृत्युको बेला सहयोग माग्दै गर्दा कोहि पनि छिमेकी नआउनुले आफुलाई रुन बाध्य बनाउने गरेको आमा बताउनुहुन्छ।

आमालाई सहयोगको खाँचो छ । उहाँको सहयोगका लागि हामी सबैले यो सामाग्री सेयर गरौँ ।

उहाँ हुनुहुन्छ गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नं. ५ की जोली कुमाल । यहाँको अवस्था एकदमै दयानिय छ । सक्नुहुन्छ भने सहयोग गरिदिनुहोस् । सेयर गरिदिनुहोस् ।

 

 

सम्बन्धित खबरहरु