काठमाडौं । एक महिलाले एकसाथ १० बच्चा जन्माएर नयाँ कीर्तिमान बनाएकी छिन् ।

दक्षिण अफ्रिकामा एउटी महिलाले एकल गर्भधारणमा १० बच्चाहरूलाई जन्म दिएर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएकी हुन् ।

३७ वर्षीया गोसीम थामारा सिथोलले ७ जूनमा दक्षिण अफ्रिकाको प्रिटोरियाको अस्पतालमा १० बच्चा जन्माएको दाबी गरिएको छ ।

जानकारी अनुसार उनले सातजना छोरा र तीन छोरीहरुलाई जन्म दिइन् । त्यसका लागि उनले सी–सेक्शन शल्यक्रिया गर्नुपर्‍यो ।

रोचक कुरा के हो भने थामारा पहिले नै जुम्ल्याहा सन्तानकी आमा हुन् । उनले यो गर्भावस्था आफ्ना लागि सजिलो नभएको बताएकी छिन् ।

यसपटक उनलाई खुट्टामा दुखाइजस्ता धेरै स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्‍यो ।

गोसामियाको दाबी डाक्टर वा गिनिज वर्ल्ड रेकर्डले पुष्टि गरेको छैन ।

यद्यपि, यदि यो दावी सही भयो भने, यो एकल गर्भावस्थामा धेरै शिशु जन्माउने महिलाको विश्व रेकर्ड हुन सक्छ । सिथोलका पति तेभोहो त्सोत्सी बच्चा जन्मे पछि खुशी र भावनात्मक भएका छन् ।

 

सम्बन्धित खबरहरु