जेरूसालेम, सिन्ह्वा । इजरायली पुरातत्वविदहरूले करीव १,००० वर्ष अघिको कुखुराको अण्डा भेट्टाएका छन् ।

इजरायल पुरातन प्राधिकरण (आईएए) ले १,००० वर्ष अघिको कुखुराको अण्डा भेट्टाएको पुष्टि गरेको छ ।

अण्डाहरू इस्लामिक कालदेखि मध्यवर्ती शहर याभ्नेको उत्खनन साइटमा फेला परेको थियो ।

पुरातत्वविद्हरूले भनेका छन् कि अण्डाहरूको दुर्लभ संरक्षण यस शताब्दीयौंसम्म भएको स्थितिका कारणले फेला परेको हो ।

अति नै नरम मानव फोहोरले बनेको सेसपिटमा यसलाई सुरक्षित राखिएको छ ।

यो अझै सुरक्षित छ पुरातत्वविद्हरूले भने । यो घटना बाहिर आएपछि विश्वभरीका वैज्ञानिकहरु चकित बनेका छन् ।

यद्यपि अन्डाको तल एक सानो क्र्याक थियो । त्यसैले भित्रि भाग सकियो अब केबल बाहिरको जर्दी (बोक्रा) मात्र बाँकी छ ।

तर यो भविष्यको डीएनए विश्लेषणका लागि अति सुरक्षित गरिएको छ । कुखुरापालन क्षेत्र २३०० वर्ष पहिले हेलेनिस्टिक र आरम्भिक रोमान कालमा शुरू भएको थियो।

सातौं शताब्दी पछि इस्लामिक अवधिमा यस क्षेत्रका साइटहरूमा सुँगुरको हड्डीको प्रतिशतमा उल्लेखनीय कमी आएको थियो ।

यसले पोर्क खानेहरुमा इस्लामिक धर्म प्रतिबन्ध झल्काउँछ।

मानिसलाई प्रोटीन आवश्यक पर्दछ । यसको विकल्पको रुपमा अण्डाको प्रयोग बढाइएको देखिन्छ ।

यसैले यहाँ अण्डाहरू र कुखुराको मासुमा हुने गुण माटोमा समेत फेला पारेको पुरातत्वविद्हरूको दावी छ ।

उही ठाउँमा उत्खननको क्रममा पुरातत्वविदहरूले पनि खेलौनाको रूपमा प्रयोग गरिएको तीन विशिष्ट इस्लामिक अवधिको हड्डीको पुतली भेट्टाए।

साइटमा ठूला–ठूला उत्खननको एक हिस्सामा क्रियाशील टोलीले लगभग १५०० बर्ष अघिका विस्तृत र विविध औद्योगिक क्षेत्र समेत पत्ता लगाएको छ ।

https://twitter.com/PDChina/status/1402675609004879877

 

सम्बन्धित खबरहरु