काठमाडौ । बलिउडका प्रतिभाशाली निर्देशक अनुराग कश्यप जति लोकप्रिय छन् उनकी छोरी आलिया कश्यप पनि सोशल मिडियामा त्यति नै प्रसिद्ध छिन् ।

आलियाको इन्स्टाग्राममा अत्याधिक फ्यान फलोआर्स छ ।

उनले दिन प्रतिदिन नयाँ पोष्टका साथ फ्यानहरूको मन जितिरहेकी छिन् । यस्तो अवस्थामा उनले यस पटक फेरि बिकिनी लगाएर सोशल मिडियामा हलचल ल्याएकी छिन् ।

वास्तवमा आलियाको यो नै पहिलो बिकिनी फोटो भने हैन । पहिले नै बिकिनी फोटो शेयर गरिसकेकी छिन् ।

यद्यपि यस पटक लुकका कारण उनी ट्रोलको शिकार हुनु पर्‍यो । तर ती कुनैपनि ट्रोल र कमेण्टहरुले आलियालाई बहकाएको छैन । उनी सबै कुरालाई सामान्य लिइरहेकी छिन् ।

तर सोशल मिडियामा भने हंगामा भएको छ । अनेकले अनेकौँ प्रतिक्रिया दिइरहेका छन् । अविश्वासनीय मेमहरु बनिरहेका छन् ।

तर यो सबै देखेर उनका पिता अनुराग कश्यप भने सोशल मिडिया प्रयोगकर्ताहरुसँग रिसाएका छन् । के छन् ती ति अवतारहरु तपाईपनि हेर्नुहोस् ।

All picture credit Instagram @Aaliyah Kashyap

सम्बन्धित खबरहरु