काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीसँग भेट गर्नुभएको छ ।

भेटमा दुई पक्षीय सम्बन्ध सहित आपसी चासोका बिभिन्न विषयहरुमा छलफल भएको पाकिस्तानका विदेशमन्त्री कुरैशीले जानकारी दिनुभयो ।

भेटका क्रममा उहाँले पाकिस्तान र नेपालको दिगो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

कुरैशीले कोरोना महामारीको कारण ज्यान गुमाएका नेपालीप्रति शोक व्यक्त गर्नुभयो । राजदूतसँगको भेटमा उहाँले कोरोना महामारी रोक्न नेपाल सरकारले उठाएका प्रभावकारी कदमहरूको प्रशंसा पनि गर्नुभयो ।

विदेशमन्त्री कुरैशीले कोरोना महामारीको चुनौतीसँग लड्न पाकिस्तानले नेपाललाई हर सम्भव सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।

उहाँहरुबीच भएको भेटमा पाकिस्तान र नेपालबीच बिभिन्न विभागहरूमा दुईपक्षीय सहकार्य प्रबर्धन गर्ने ठूलो अवसरहरू रहेको बताउँदै त्यसबाट फाइदा लिन आवश्यक रहेको कुरा पनि चर्चा गरियो ।

कोरोनाका कारण नेपालमा फसेका पाकिस्तानीहरुको सफलतापूर्वक उद्धार गर्दिएको भन्दै उहाँले नेपाली सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।

उहाँले नवनियुक्त उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुबीर महासेठलाई बधाई सन्देश पनि पठाउनु भएको छ ।

जवाफमा राजदूतले अधिकारीले विदेशमन्त्रीलाई धन्यवाद दिदैँ दुईपक्षीय सम्बन्ध प्रबर्द्धन गर्न पूर्ण सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

 

सम्बन्धित खबरहरु