काठमाडौ । हाम्रो जस्तो पुरुष प्रधान परम्परागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ ।

भान्छामा आमा, दिदि, बहिनी, श्रीमती, बुहारी नै खटिरहेका हुन्छन् ।

समाजमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्दछन् ।

तर हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र हो ।

भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।

उक्त गाउँका पुरुषहरुले किचेनका राजा भनिन्छ ।

पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै मात्र घरको खाना पकाउने परम्परा चल्दै आएको छ ।

गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन्।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् ।

परिवारका अन्य सदस्यहरु कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरु खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् । श्रीमती, छोरी दिदिबहिनी र बुहारीहरु बिहानैदेखि खेतबारीमा हुन्छन् । कोही अफिस र विद्यालय, कलेपनि जान्छन् ।

तर घरमा भात पकाउने भाँडा माझ्ने काममा उनीहरु कोही देखिदैनन् । पुरुषहरु बिहान बेलुका वा दिउँसो खाजाको समयमा घर बाहिर देखिदैनन् । उनीहरु खाना र खाजा पकाउनमा नै व्यस्त हुन्छन् । छोरा सानै भएपनि हुर्किदै गएपछि उसलाई खाना पकाउन भाडा माझ्न सिकाउन थालिन्छ ।

घरको दाजु वा बुवालाई उसले खाना पकाउन सघाउँछ । बहिनी दिदिहरु घरखेतको काम गर्छन । त्यहाँ ठिक उल्टो छ चलन जुन तपाई हाम्रो घरको भान्छामा चलिरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु