काठमाडौ । विदेश पढेर नेपालमै सेवारत दुनियाँको मनमा बसेका मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोनाबाट निधन भएको छ ।

मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थियो ।

त्यही संक्रमण निको हुन नसकेपछि निधन भएको छ ।

मात्र ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे ।

डा. सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो ।

ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो । डा. सुवेदी इमाडोल ललितपुरका स्थायीबासी हुन् ।

उनी बंगलादेशमा पढेका हुन् । विदेश पढेपनि उनी नेपाल र नेपालीकै सेवा गर्ने भन्दै नेपाल आएका थिए । नेपाल आएर उनले थुप्रै अस्पतालमा काम गरेका छन् ।

सम्बन्धित खबरहरु