विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले १४ शैय्याको अत्याधुनिक मोडुलर आईसीयू संचालनमा ल्याएको छ ।

अस्पतालले ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा पनि बधुबारदेखि संचालनमा ल्याएको हो ।

मोडुलर आईसियूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । मोडुलर आइसियूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् ।

मोडुलर आईसियूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए ।

‘अस्पतालको मोडुलर आईसियूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै विरामीको अवस्था हेर्न सक्ने गरि त्यस्तो प्रविधिको विकास गरेका छौं,’ उनले भने । विराटनगर अस्पतालमा विभिन्न विभागका १०२ बेड आईसियू छन् । यो उच्च प्रविधियुक्त आईसियू भएको अस्पतालको दाबी छ ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नयाँ–नयाँ अत्याधुनिक उपकरण भित्र्याएर विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढने बताए ।

‘ अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रदानमा कुनै कमी हुन दिदैन,’ अध्यक्ष कार्कीले भने, ‘अत्याधुनिक प्रविधि ल्याएर बिरामीलाई गुणस्तरीय सेवा दिन सधैभरी लागि पर्नेछौं ।’

अत्याधुनिक मडुलर आईसियूको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरे । उनले अस्पतालको आईसियू उदघाटन गर्दै विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

 

सम्बन्धित खबरहरु